कार्यकारी उपाध्यक्षको आव्हान

डा देवराज रोका

कार्यकारी उपाध्यक्ष

हाम्रो देशमा स्रोत साधनको पर्याप्तता छ । हामीसँग असीमित आर्थिक क्षमता र उर्जित सपना बोकेका युवा जनशक्ति छ । श्रम र स्रोतको समूचित उपयोगबाट मात्र उत्पादन सम्भव छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पुरा गर्न हामी कामको सिर्जना गर्न चाहन्छौ । कोषको कानुनी र आर्थिक सिमा र क्षमताभित्र रहेर हामी बेरोजगार युवाहरुलाई स्वरोजगार वनाउन चाहन्छौ ।

हाम्रो युवा जनशक्ति देशबाट पलायन भएको हामीलाई थाहा नभएको होईन । हामी हाम्रो युवा श्रमलाई विदेश पलायन हुनबाट रोक्न चाहन्छौ । देश ठुलो व्यापार घाटामा रहेको छ । हामी हाम्रो श्रमको उपयोगबाट मालहरुको उत्पादन गर्न चाहन्छौ र कम्तिमा कृषिजन्य आयातित वस्तुहरुको विस्थापन हाम्रो अभियान हुनेछ । शहरकेन्द्रित हाम्रो श्रमशक्तिलाई हामी गाँउ फर्काउन चाहन्छौ ।

कृषि हाम्रो प्राथमिकता हो । तर हामी शहरमा थोरै जमीन भाडामा लिएर गरिने कृषि भन्दा गाँउका बाझा जमीनहरु हराभरा बनाउने कृषि कर्मलाई प्रोत्साहित गर्न चाहन्छौ । त्यसैले हामी नेपाली युवाहरुलाई अब गाँउ फर्किऔ,  हिरामा सुतेको हाम्रो गाउँ छ त्यहा हाम्रा सम्भावनाहरुको खोज गरौ भन्न चाहन्छौं।कामको सृजना गरेर स्वरोजगार बनौ र स्वाधिन जीविकोपार्जन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गरौ भन्न चाहन्छौ ।

उद्यमशीलता सिर्जना गर्नु कठिन काम हो । यसका लागि पुँजी र प्रविधि मात्र होइन नयाँ सोच चाहिन्छ । इच्छा र शिक्षाशक्ति दुवै चाहिन्छ ।देशको सुरक्षा , वातावरण र नीतिले पनि उधमी बन्ने कामलाई सहयोग  गर्न सक्नुपर्छ ।  मुलुकका बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न ,आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राज्यले बनाएका दीर्घकालीन लक्ष्य हासिल गर्न कोष एक्लैको प्रयास पर्याप्त नहुन सक्छ । त्यसैले हामी तीति निर्माण तहमा रहेका निकायहरु , कार्यान्वयनका तहमा रहेका संस्थाहरु एवम् सम्बन्धित सबै निकायहरुसंग आवश्यक सहयोग, समन्वय र  सहकार्य गर्दै रोजगारी र स्वरोजगारी सिर्जना गर्ने काममा हामी सबै प्रतिबद्ध छौ भन्ने आब्हान गर्न चाहन्छौ ।


डा. देवराज रोका (कल्याण)
कार्यकारी उपाध्यक्ष
युवा तथा साना व्यवसायी स्वरोजगार कोष

 

अनलाईन सेवाहरू

शर्त तथा नियमहरु

  • १. कोषले वित्तीय तथा सहकारी संस्थामार्फत लक्षित व्यक्ति, समुदायलाई सहुलियत व्याज दरमा विना धितो(कोषको नियमानुसार) कर्जा लगानी गर्ने हुनाले कोषको नियमको पूर्ण रूपमा पालना गर्नेछु/छौँै । कर्जा लगानी गर्दा व्यक्तिगत वा सामूहिक जमानी र परियोजना धितो राख्नका लागि सहमति छ ।
  • २. यो कर्जा व्यवसायमा प्रयोग गर्नेछु/छौँ ।
  • ३. कोषले तोकेको व्याजदरमा तोकेको समयमा साँवा तथा व्याज भुक्तानी गर्नेछु/छौँ ।
  • ४. कोषको कर्जा लिनका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नेछु/छौँ । साथै नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्र भएमा सोको प्रतिलिपि, तालिमको प्रमाणपत्र भएमा सोको प्रतिलिपि, पारिवारिक जमानी र समूह भएमा सामूहिक जमानी पत्र गर्नेछु/छौँ ।
  • ५. कोषले गर्ने व्यवसायी र व्यवसायको वीमासम्बन्धी र असल कर्जाग्राहीले नियमित रुपमा कर्जा तिरेवापत पाउने व्याज अनुदान सम्बन्धमा मेरो/हाम्रो सहमति छ ।
  • ६. कोषले तोकेको लक्षित समुदाय अन्तर्गत आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्वासी वा साना व्यवसायीमा पर्दछु ।
  • ७. व्यक्तिगत वा समूहगत रुपमा प्राप्त गरेको ऋण कोषको उद्देश्यअनुसार स्वरोजगारका लागि प्रयोग गर्नेछु/छाँै ।
  • ८. जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र कर्जाको उपयोग गर्नेछु/छौं ।
  • ९. कर्जा लिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा उपयोय गरेमा, कर्जाको दुरुपयोग गरेमा वा निर्धारित समयमा साँवा, व्याज भुक्तानी नगरेमा कोषले प्रचलित कानुुनबमोजिम साँवा, व्याज र हर्जनासमेतको रकम असुल गरेमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १०. कोषको कर्जा रकम नतिरेमा कर्जा सूचना केन्द्रको कालो सूचीमा राखेमा, चल/अचल सम्पति रोक्का राखेमा, बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राखेमा वा नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गरेमा, कोषको नियम तथा प्रचलित कानुनबमोजिम कार्बाही गरेमा तथा मेरो/हाम्रो नाममा रोक्का रहेको अचल सम्पति प्रचलित कानुनबमोजिम लिलाम विक्री गरी कर्जा रकम असुल गरिलिएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • ११. कोषले कार्बाही गरी साँवा, ब्याज र हर्जना असुल गरेपछि कोषबाट पुनः कर्जा उपलब्ध नगराएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १२. प्राप्त भएका आशय पत्र पूर्ण नभरिएका, कोषको उद्देश्य तथा लक्ष्य सँग बाझिएमा स्वतः रद्द भएको मानिनेछ । आशय पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कोषमा निहित रहनेछ ।
  • १३. मेरो/हाम्रो कर्जा स्वीकृत भएमा कोषले तोकेको वित्तीय संस्था वा सहकारी संस्थाहरुको सर्तनामा अनुसार ऋण लिन र बुझाउन तयार छु/छौं ।

मैले/हामीले पेश गरेको उपरोक्त विवरण साँचो हो झुटो ठहरेमा प्रचलित कानुनबमोजिम सहुँला/बुझाँउला ।