कार्यकारी निर्देशकको भनाई

बिश्वमोहन अधिकारी

कार्यकारी निर्देशक

                                                                    मन्तब्य

नेपालमा विद्यमान गरीब, पिछडिएका समूह तथा वेरोजगार युवाहरुलाई  आर्थिक तथा सामाजिक विकासको मूल प्रवाहको रुपमा संलग्न गराई राष्ट्रिय समृद्धिको मुलप्रवाहमा ल्याउन आजको टड्कारो आवश्यकता छ । नेपाल एक कृषि प्रधान देश भएता पनि हाल सम्म निर्वाहमूखी परम्परागत उत्पादन प्रणालीलाई आधुनिक तथा व्यवसायिक कृषि उत्पादन प्रणालीमा उकास्न सकेको छैन । कम मात्रामा स्थापना भएका कृषि उपजमा आधारित उद्योगहरुलाई राष्ट्रिय तथा स्थानीय स्तरमा खपत हुने गरी कृषि तथा कृषिजन्य उत्पादन वढाउने खालका कार्यक्रमहरु अगाडी वढेमात्र यथेस्ट रुपमा अन्य उद्योग कलकारखानाहरु स्थापना गर्न सकिने देखिन्छ । जसकालागी उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकास गर्दै परम्परागत उत्पादन प्रणालीमा व्यापक परिवर्तन एवम् आधुनिक प्रविधिको उपयोग स्थानीय स्रोत साधनमा आधारित तथा बजार निर्देशित उत्पादन गरी आर्थिक सम्बृद्धि हाँसील गर्न युवा व्यवसायीहरुलाई बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुबाट विना धितो सहुलियत ब्याजदरमा आवधिक कर्जा उपलब्ध गराउने उद्देश्यले यस कोषको स्थापना भएको हो ।

पूँजीको अभाव, भौगोलिक विकटता, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजार पहुँच नहुनु, आधुनिक पुर्वाधारको निर्माण नहुनु आदि समस्याहरुले ग्रामीण इलाकाका नागरिकहरु बजार तिर बसाई सराई गर्दा एकातिर गाउँको उत्पादनशील भूमीको उपयोग हुन सकेको छैन भने अर्कातिर वार्षिक रुपमा करीव ५ लाखको संख्यामा श्रम बजारमा प्रवेश गर्न तयार हुने युवाहरुलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेमा वेरोजगार श्रमशक्ति वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यत्मक अवस्था आउन सक्दछ । युवा अन्तर्गत पर्ने हालका करीव ४० प्रतिशत जनसंख्या र कोभिड १९ का कारण विदेशबाट स्वदेश र शहरबाट गाउँमा प्रवेश गरेका युवा जनशक्तिको व्यवस्थापन गर्न कोषले अग्रणी भूमिका खेल्नु पर्ने आवश्यकता छ । तसर्थ वेरोजगारीको समस्या समाधानको लागि कोषले युवाहरुलाई प्रविधि मैत्रि बनाउँदै सीप र क्षमताको विकास द्वारा उद्यमशीलताको विकास गरी स्वरोजगार मूलक व्यवसाय सञ्चालन गर्न स्वरोजगार कोषबाट बिउ पूँजीको रुपमा विनाधितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको छ ।

आगामी दिनमा स्वरोजगारीको अवसरहरु पहिचान गरी उत्पादनका साधनहरुमा पहुँच नभएका युवाहरु विशेषगरि पिछडिएका वर्ग, महिला, दलित, जनजाती, द्वन्द्वपिडित समुदायलाई प्राथमिकतामा राखी कृषि, कृषिजन्य, सेवामूलक तथा लघु उद्योग लगायतका परियोजनामा लगानी गर्दै स्वरोजगारीको अवसरहरु वृद्धि गर्न सरोकारवाला सबै निकाय एवम् समुदायको समन्वय तथा सहकार्यबाट मात्र सम्भव हुने भएकाले कोषको कार्यकारी निर्देशकको हैसियतले सम्बद्ध सवैमा समन्वय, सहकार्य एवं सहयात्राको लागि हार्दिक अनुरोध गर्दछु ।

 

विश्वमोहन अधिकारी

  कार्यकारी निर्देशक

युवा तथा साना व्यवसायी स्वरोजगार कोष

 

अनलाईन सेवाहरू

शर्त तथा नियमहरु

  • १. कोषले वित्तीय तथा सहकारी संस्थामार्फत लक्षित व्यक्ति, समुदायलाई सहुलियत व्याज दरमा विना धितो(कोषको नियमानुसार) कर्जा लगानी गर्ने हुनाले कोषको नियमको पूर्ण रूपमा पालना गर्नेछु/छौँै । कर्जा लगानी गर्दा व्यक्तिगत वा सामूहिक जमानी र परियोजना धितो राख्नका लागि सहमति छ ।
  • २. यो कर्जा व्यवसायमा प्रयोग गर्नेछु/छौँ ।
  • ३. कोषले तोकेको व्याजदरमा तोकेको समयमा साँवा तथा व्याज भुक्तानी गर्नेछु/छौँ ।
  • ४. कोषको कर्जा लिनका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नेछु/छौँ । साथै नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्र भएमा सोको प्रतिलिपि, तालिमको प्रमाणपत्र भएमा सोको प्रतिलिपि, पारिवारिक जमानी र समूह भएमा सामूहिक जमानी पत्र गर्नेछु/छौँ ।
  • ५. कोषले गर्ने व्यवसायी र व्यवसायको वीमासम्बन्धी र असल कर्जाग्राहीले नियमित रुपमा कर्जा तिरेवापत पाउने व्याज अनुदान सम्बन्धमा मेरो/हाम्रो सहमति छ ।
  • ६. कोषले तोकेको लक्षित समुदाय अन्तर्गत आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्वासी वा साना व्यवसायीमा पर्दछु ।
  • ७. व्यक्तिगत वा समूहगत रुपमा प्राप्त गरेको ऋण कोषको उद्देश्यअनुसार स्वरोजगारका लागि प्रयोग गर्नेछु/छाँै ।
  • ८. जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र कर्जाको उपयोग गर्नेछु/छौं ।
  • ९. कर्जा लिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा उपयोय गरेमा, कर्जाको दुरुपयोग गरेमा वा निर्धारित समयमा साँवा, व्याज भुक्तानी नगरेमा कोषले प्रचलित कानुुनबमोजिम साँवा, व्याज र हर्जनासमेतको रकम असुल गरेमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १०. कोषको कर्जा रकम नतिरेमा कर्जा सूचना केन्द्रको कालो सूचीमा राखेमा, चल/अचल सम्पति रोक्का राखेमा, बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राखेमा वा नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गरेमा, कोषको नियम तथा प्रचलित कानुनबमोजिम कार्बाही गरेमा तथा मेरो/हाम्रो नाममा रोक्का रहेको अचल सम्पति प्रचलित कानुनबमोजिम लिलाम विक्री गरी कर्जा रकम असुल गरिलिएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • ११. कोषले कार्बाही गरी साँवा, ब्याज र हर्जना असुल गरेपछि कोषबाट पुनः कर्जा उपलब्ध नगराएमा मेरो/हाम्रो मन्जुरी छ ।
  • १२. प्राप्त भएका आशय पत्र पूर्ण नभरिएका, कोषको उद्देश्य तथा लक्ष्य सँग बाझिएमा स्वतः रद्द भएको मानिनेछ । आशय पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कोषमा निहित रहनेछ ।
  • १३. मेरो/हाम्रो कर्जा स्वीकृत भएमा कोषले तोकेको वित्तीय संस्था वा सहकारी संस्थाहरुको सर्तनामा अनुसार ऋण लिन र बुझाउन तयार छु/छौं ।

मैले/हामीले पेश गरेको उपरोक्त विवरण साँचो हो झुटो ठहरेमा प्रचलित कानुनबमोजिम सहुँला/बुझाँउला ।